निरन्तर वर्षाले मकवानपुरमा डढेलो पूर्ण नियन्त्रणमा

हेटौंडा । हिउँद लागेपछि मकवानपुरमा डढेलोले ठूलो रूप लिन्छ । मकवानपुरका धेरैजसो जंगलमा डढेलो लागेर स्थानीयहरु निकै हैरान भएका थिए । घर, गोठ पनि उत्तिकै जलेको थियो । यसको नियन्त्रणका लागि धेरै प्रयास गरेपनि सहज भएको थिएन । डढेलोका कारण ठूलो जनधनको क्षति हुँदै आएको थियो । निरन्तरको हल्का वर्षाका कारण डढेलो नियन्त्रणमा राहत मिलेको छ ।

‘मकवानपुरका अधिकांश स्थानमा डढेलो नियन्त्रण गर्न सकस परिरहेका बेला निरन्तरको वर्षाले पनि धेरै राहत मिलेको छ । पानी नपर्दा सुक्खा भएर ह्वात्तै बढ्ने आगो नियन्त्रण लिन पानी परेकाले सजिलो भएको छ ।

मकवानपुरका दश वटै स्थानीय तहका सामुदायिक वन तथा राष्ट्रिय वनहरुमा आगलागीका घटना धेरै भएका थिए अहिले भने सहज भएको डिभिजन वन कार्यालय मकवानपुरका कर्मचारीहरु बताउँछन् । हरेकदिन डढेलोका कारण सास्ती भोग्नुपरेपनि अहिले पानी परेकाले सहज भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का हर्कबहादुर स्याङतान बताउनुहुन्छ ।

समाज स्थानीय