पत्रकार महासंघ मकवानपुरको अधिवेशन २५ गते हुने

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिवेशन यही चैत्र २५ गते हुने भएको छ । महासंघ मकवानपुर कार्यसमितिको शनिबार हेटौंडामा बसेको बैठकले २५ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार चैत्र २५ गते १८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन गर्न लागिएको महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
हेटौंडा २ स्थित पल्पसा प्याराडाइजमा हुने अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहने जिल्ला अध्यक्ष गौतमले बताए । उनका अनुसार यसअघिको साधारणसभामा सहभागी भएका सदस्यहरु नै अधिवेशनमा सहभागी हुने छन् ।
यस्तै बैठकले महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारका लागि छनौट समिति समेत गठन गरेको छ । महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीको संयोजकत्वमा सचिव शुभलक्ष्मी विश्वकर्मा, कोषाध्यक्ष केशव समर्पण सुवेदी र कार्यसमिति सदस्य रेवतीप्रसाद तिमल्सिना सदस्य रहने गरी पुरस्कार छनौट समिति गठन भएको हो ।
यसैगरी बैठकले फागू पूर्णिमाको अवसरमा आइतबार बिहान महासंघमै होली मिलन कार्यक्रम गर्ने निर्णय समेत गरेको महासंघ मकवानपुर सचिव शुभलक्ष्मी विश्वकर्माले जानकारी दिइन् ।

समाचार समाज स्थानीय