हेटौंडाबाट लाइन्सेनको नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर । यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेशले सञ्चालन गरेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोट महाबौद्ध गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३३ को गगन शाही रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रदेश प्रहरीका अनुसार, हेटौंडा–११ स्थित बागेश्वरी ड्राईभिङ एकेडेमी, बाघथली ट्रायल सेन्ट्ररमा बर्ग ‘बि’ को प्रयोगात्मक परीक्षा दिने क्रममा शाहीले नक्कली प्रशिक्षार्थी बनेर मिलन शर्माको नागरिकतामा आफ्नो फोटो टाँस गरी ल्याएको अवस्थामा निजलाई पक्राउ गरिएको हो ।

शर्मा एप्लिकेन्ट आईडी नं.६८५५८८, नागरिता नं.४४३७५ भएको ट्रायल दिने क्रममा वास्तविक प्रमाण पत्र चेकजाँच गर्दा शाहीको प्रमाण पत्र सक्कली नभएको खुलेपछि पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

राजनीति समाचार