मकवानपुरमा सवारी दुर्घटना, एक जना घाइते

धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतल्लेस्थित शुक्रबार सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

हेटौंडाबाट फापरवारीतर्फ जाँदै गरेको बा २ ख ६९४३ नम्वरको बसले फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२१ प ६६१४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक बकैया–५ बस्ने ३५ वर्षीय भिमसेन बजगाईँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते बजगाईँ बकैया गाउँपालिकाको नगर प्रहरी हुन् । टाउको र अनुहारमा चोट लागेको उनलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडामा लगिएको छ ।

प्रहरीले बस र बस चालक ललितपुर गाउँपालिका वडा न.७ सुबानि बस्ने वर्ष २६ को सोमलाल भोलनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज स्थानीय