भीमफेदीमा दुर्घटना, ५ जना घाइते

चित्लाङबाट हेटौंडातर्फ आउँदै गरेको बस भीमफेदी–कुलेखानी सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा दुर्घटना भएको छ ।

ना.५ ख १५९० नम्बरको उक्त बस आइतबार आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किँर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उक्त दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा भीमफेदी गाउँपालिका–६ जुरीखेत बस्ने ९१ वर्षीय मानबहादुर डिङडुङ, २० वर्षीया रोजी राना मगर, कलैया उपमहानगरपालिका–२ बस्ने ५८ वर्षीया ओमरावती देवी कुर्मी, रौतहट देवाई गोनाही नगरपालिका–४ बस्ने ३६ वर्षीय प्रहरी सहायक हवाल्दार मातृका प्रसाद कुर्मी र हेटौंडा उमहानगरपालिका–१८ हर्नामाडी बस्ने ५० वर्षीया सावित्री बिश्वकर्मा रहेका छन् ।

घाइतेमध्ये डिङडुङको स्वास्थ चौकी भीमफेदी, मगर र कुर्मीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, विश्वकर्माको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज स्थानीय