बिद्यार्थीहरुलाई निशुल्क लेखा ब्यवस्थापन तालिम

मकवानपुर- नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निशुल्क लेखा ब्यवस्थापन तालिमको शुभारम्भ भएको छ ।

अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा याम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।

आईतबारदेखि १० दिनसम्म सञ्चालन हुने उक्त तालिमको प्रशिक्षण किशोर अर्यालले गर्नुहुनेछ ।

बिद्यार्थीहरुको शैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यास क्षमताको विकासको लागि तालिम आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष खनालले बताउनु भयो ।

तालिममा ब्यवस्थापन संकाय अन्तगत स्नातक तहमा अध्ययनरत १२० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ।

शिक्षा समाचार