हेटौंडा–१८ मा ३ लाख नगद, १ तोला सुन लगायतका सामान चोरीको आरोपमा एक जना पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ का गोपि थापाको घरको झ्याल फुटाई कोठा भित्र रहेको कोठाको नगद रकम, गरगहना सहितका सामान चोरीको आरोपमा एक जनालई प्रहरीले पक्राउ गरेको छ ।

थापाको घरमा दराजबाट नगद तीन लाख, सुन १ तोला, मोबाईल १ थान, हाते घडी थान -२ चोरी भएको भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चोरीको आरोपमा प्रहरी चौकी ठुलोदमारमा लिखित निबेदन प्राप्त भएपछी हेटौडा १८ बस्ने १७ वर्षिय नबिन खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चेकजाँच गर्दा उनको साथबाट नगद र लागूऔषध समेत फेला पारिएको प्रहरीको भनाइ छ ।

समाचार समाज स्थानीय