हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ चुलेहिल अस्पताल नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान १६७७ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम, ठेगाना नखुलेका ३० वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पैदलयात्रा गरिरहेका पुरुषको बसको ठक्करबाट मृत्यु भएको र बस भने अहिले पनि फरार रहेको प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय