कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी प्रणालीको प्रभाव रहेको र कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश रही लुम्बिनी प्रदेशका पूर्वी भू–भागसम्म फैलिएको जनाएको छ ।

महाशाखाका अनुसार, देशका बाँकी भू–भागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ भने केही प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

यसैगरी आज राति गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

समाचार समाज स्थानीय