ह्वात्तै बढ्यो सुनको भाउ

यो साता सुनको भाउ ह्वात्तै बढेको छ । गत साताको तुलनामा यो साता सुनको भाउ प्रतितोला २ हजार ६०० रुपैयाँ बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म तोलामा २ हजार ६०० रुपैयाँको वृद्धि भएको हो ।

यो साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, यो साता चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको भाउ १ हजार ७ सय ९० रुपैयाँ थियो ।

जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ८० रुपैयाँले बढेर १ हजार ८ सय ७० रुपैयाँ कायम भएको जनाइएको छ ।

अर्थ समाचार समाज स्थानीय