हिजो राप्ती नदीको बाढीमा बेपत्ता यादवको शव भेटियो

दाङ – राप्ती नदीमा आएको बाढीमा बगेर हिजो बेपत्ता भएका राजकुमार यादवको आज बिहान शव भेटिएको छ । राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

दूध बिक्री गरी घर फर्कने क्रममा हिजो बिहान लमही नगरपालिका वडा नम्बर–७ हस्नापुर घाटबाट यादव बेपत्ता हुनुभएको थियो । यादवसँगै बाढीमा फसेका अरू दुई जनालाई हिजो नै उद्धार गरिएको थियो ।  यादवको शव हस्नापुर घाटदेखि झन्डै एक सय ५० मिटर पश्चिम तर्फ बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय