मकवानपुरको बकैयामा ट्रक दुर्घटना

मकवानपुरको बकैयामा आइतबार ट्रक दुर्घटना भएको छ ।

बिहान साढे १० बजेको समयमा धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने बकैया गाउँपालिका वडा नम्वर ५ तीनतलेमा ट्रक दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मकवनपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको लु १ ख ९८११ नम्वरको ट्रक आफै अनियन्त्रित भई सडकको दाहिने पट्टि पल्टन जाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ट्रकमा सामान्य क्षति भएको र मानवीय क्षति नभएको जनाइएको छ ।

समाचार समाज स्थानीय