साउन १ गते सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ । साउने सङ्क्रान्ति पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको हो ।
गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार साउन १ गते सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जारी एक सूचनामा उल्लेख छ ।

 

समाचार समाज स्थानीय