महिला एशिया कप क्रिकेटकाे सेमिफाइनल खेल आज

श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन् ।

समूह ‘ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा रहँदै र पाकिस्तान दाेस्राे स्थानमा रहेर सेमिफाइलनमा पुगेका हुन् । यस्तै समूह ‘बी’ बाट सबै खेल जितेर श्रीलङ्का शीर्ष स्थानमा रहँदै र बङ्गलादेश दाेस्राे स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।

खेलकुद समाचार समाज