मकवानपुरको सिस्नेरीमा सुमो पल्टियो, ३को अवस्था गम्भीर

शनिबार बिहान मकवानपुरको सिस्नेरीमा यात्रु सवार सुमो पल्टिदा १० जना घाइते भएको छन्।

शनिबार बिहान सिस्नेरी-दक्षिणकाली सडकखण्ड अन्तर्गत इन्द्रसरोबर-३ सिस्नेरी बजार नजिकै काठमाण्डौ बाट बिरगन्ज तर्फ  आउदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ। घाईतेहरुको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

समाचार समाज स्थानीय