काठमाडौं–सिस्नेरी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा आज विहान भएको सुमो दुर्घटनामा परेर घाइते भएकाहरुको पहिचान खुलेको छ ।
काठमाडौंबाट बिरगन्जतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्वरको सुमो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका १० जनाको पहिचान खुलेको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।
प्रहरी निरीक्षक पण्डितका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरुलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी निरीक्षक पण्डितले बताए ।
यी हुन् सुमो दुर्घटनामा परेर घाइते भएकाहरु:
१) पर्साको बिरगञ्ज महानगरपालिका घर भई हाल ललितपुर बल्खु बस्ने बर्ष ३३ को जाकिर मिया तेली (सुमो चालक) ।
२) भारत घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका नेपालटार बस्ने बर्ष ४० को सन्तोष रन्जन ।
३) देश भारत घर भई हाल काठमाडौं बस्ने वर्ष ६१ को सतेन साह ।
४) देश भारत घर भई हाल काठमाडौं बस्ने वर्ष २० को अफरोज आलम ।
५) बाराको आदर्श कोतुवाला गाउँपालिका–७ को औसान अन्सारी ।
६) भारत घर भई हाल काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने वर्ष ५० को सोभरती अन्सारी ।
७) भारत घर भई काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने बस्ने वर्ष ३० को सुनिल राम ।
८) भारत घर भई काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने वर्ष ३५ को प्रदिप राम ।
९) भारत बस्ने काठमाडौं–१४, कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने वर्ष ४४ को मोहमद मुस्लिम ।
१०) भारत घर भई काठमाडौं–१४ कालिमाटीस्थित गारमेन्टमा काम गरी बस्ने बर्ष २४ को अनिल राम ।