मकवानपुरको बकैया ५ स्थित सिमात खोलामा शव भेटियो

मकवानपुरको पूर्वी क्षेत्रमा बह्ने सिमात खोलामा एक जना पुरुषको शव फेला परेको छ। स्थानीयले आइतबार अपरान्ह बकैया ५ पावस स्थित सिमात खोलाको पानीमा तौरिररेको अवस्थामा एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव बकैया ५ राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङको रहेको निजको छोरीले पुष्टि(सनाखत) गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

निज दोङ शनिबार बिहान बैङ्कबाट पैसा निकाल्न भनि गरगरे हिडेको र बेपत्ता रहेको छोरीको बयानलाई उद्दित गर्दै प्रहरीले जनाएको छ। उनलाई खोला तर्ने क्रममा आएको भेलले बगाउदा ज्यान गएको बुझिएको यद्यपि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक सहितको टोली पुगेर मुचुल्का तयार गरिरहेको जनाइएको छ।

समाचार समाज स्थानीय