मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ मा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ । स्थानीय छापडाँडामा ३२ वर्षिय सुमन गोलेको अरिंगालले टोकेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घरदेखी १ किलोमिटर दक्षीण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भइ आफन्तले उपचारको लागी मनमोहन स्मृती सामुदायीक अस्पताल फर्फिङ काठमाण्डौमा लगेकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

समाचार समाज स्थानीय