कालिदेवी टोलविकास संस्थाको अध्यक्षमा पुडासैनी निर्वाचित

१५ भाद्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ अन्तर्गत कालिदेवी टोल विकास संस्थाको अध्यक्षमा सुर्यनारायण पुडासैनी निर्वाचित भएका छन् ।


तिनजना प्रतिस्पर्धी मध्ये कुल खसेको मतको ४६ प्रतिशत मत प्राप्त गर्दै पुडासैनी निर्वाचित भएका हुन् ।


अध्यक्ष पदका लागि आज भएको निर्वाचनमा टोल विकास भित्रका जम्मा १०५ घर धुरि मध्ये १०० जना मतदानमा सहभागी भएका थिए ।


निर्वाचन परिणाम अनुसार विजेता सुर्यनारायण पुडासैनीले ४६, निष्चल सापकोटाले ३९ र कृष्ण प्रसाद सापकोटाले १५ मत प्राप्त गरेका थिए ।


सो टोलविकास संस्थाका तत्कालीन अध्यक्ष दिपक घोरसैनीको निधन भएपछि नयाँ अध्यक्ष चयनका लागि निर्वाचन भएको हो ।

समाचार समाज स्थानीय