मकवानपुर स्थित बामगती नदीमा महिलाको शव फेला

मकवानपुरको बागमती गाउँपालिका वेवारिसे अवस्थामा एक महिलाको शव फेला पारेको छ। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ चौरादोभान स्थित बागमती खोलाको बिच बगरमा अन्दाजी २४/२५ बर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

घोप्टो परेको अवस्थामा शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ । शवको सनाखत हुन नसकेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार समाज स्थानीय