बागलुङ बाढी : ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुग्याे

बागलुङ – बागलुङकाे बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेको छ ।

घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । गएरातिको बाढीले वडा नम्बर ४ काे कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।

मोटरसाइकल र स्कुटर बगाउँदा यसअघि अढाइथरकै २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको ज्यान गएकाे थियाे ।

समाचार समाज स्थानीय