बकैया खोलाले बगाई बेपत्ता भएका माझी मृत भेटिए

बकैया खोलाले बगाई बेपत्ता भएका अकले माझी मृत अवस्थामा भेटिएका छन् । गत भदौ २१ गते बकैया खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका उनी भदौ २४ गते सोमबार मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, २८ वर्षीय माझी बकैया–६ जुईनामा आफ्नो ससुराली जानलाई बकैया खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका थिए । बेपत्ता उनको खोजीकार्य गर्ने क्रममा बाराको कोल्बी ननगरपालिका–२, बकैया खोलाको बगरमा मृत अवस्थामा फेला परेको हो ।

मृतक माझी रौतहटको पौराई गाउँपालिका–२ घर भई हाल मकवानपुरको बकैया–६, जसपालस्थित फास्ट ट्याकमा काम गर्दै आएका थिए । उनको शव कानूनी प्रकृया पूरा गरी सोमबार नै आफन्तको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय