मकवानपुरमा विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीमा खोलाले बगाउँदा एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युनाइटेड बोडिङ स्कुलमा अध्यनरत बर्ष १४ की रितिका भनिने रन्जिता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार अपह्रान्न गुरुङ र महेन्द्र किरण माबिमा अध्ययनरत बर्ष १७ को छात्र घर फर्कने क्रममा मोरङगे खोल्सो तर्ने क्रममा बर्षासंगै आएको बढीले बगाएको हो । उनीहरुमध्ये गुरुङ घटनास्थलबाट करिब २ किलोमिटर तल जनसेवा क्रसर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

संगै बगेका अर्का छात्र भने घाइते भएका छन् । घाइते छात्रको पहिचान खुलेको छैन । उनको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टमाटमको लागि हेटौंडा अस्पतालमा ल्याईएको बताईएको छ ।

समाचार समाज स्थानीय