आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

समाचार समाज स्थानीय