आज हेटौंडा–४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।

विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–४ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–४ का वडाध्यक्ष नविद सिग्देलले जानकारी दिए ।

साथै, आजैको दिन वडालाई बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

यसअघि हेटौंडा–२, ७, ८, १७ र १० नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर ४ हेटौंडा नगरमा छैठौं बालमैत्री वडा घोषणा हुनेछ ।

समाचार समाज स्थानीय