घरेलु तथा साना उद्योग संघ मकवानपुरको अधिवेशन हुँदै

घरेलु तथा साना उद्योग संघ तथा महिला उद्यमी समिति मकवानपुरको २९ औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला अधिवेशन भोलि भदौ २९ गते शनिबार हुने भएको छ ।

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । घरेलु तथा साना उद्योग संघमा १९ र महिला उद्यमी समितिका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको संघका महासचिव कुमार पौडेलले जानकारी दिए ।

हेटौंडाको रोयल पार्टी प्यालेशमा बिहान ८ बजेबाट सुरु हुने साधारणसभा तथा अधिवेशनको बागमती प्रदेश सरकारका उद्योग, वाणीज्य, भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

उनका अनुसार, संघमा दुई सय बढी घरेलु तथा साना उद्योग आबद्ध छन् ।

समाचार समाज स्थानीय