मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता यहि असोज १७ देखि २० गतेसम्म हुने

६ असोज,मक्रान्चुली- सातौं संस्करण अन्तरगत मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता यहि असोज १७ गतेदेखि २० गतेसम्म हुने भएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,भानु माविको मिनिपिच (फुटसल) मा प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतिभा युवा क्लब मकवानपुरगढी-४ को आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष हेम बहादुर योन्जनले बताउनुभयो । प्रतियोगितामा गाउँपालिकाका सबै वटा वडाबाट सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष योन्जनले बताउनुभयो ।

प्रतियोगितामा प्रथम र दितिय स्थान हाँसिल गर्नेलाई क्रमशः ८० हजार र ५० हजार पाउनुका साथै सिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने उहाँले बताउनुभयो । प्रतियोगिताको संयोजन विक्रम योन्जनले गर्नुहुने बताईएको छ ।

गत वर्ष भएको छैटौं संस्करणको प्रतियोगितामा प्रतिभा युवा क्लब बिजेता र आयोजक गढी स्टार स्पोर्ट्स क्लब उपबिजेता भएको थियो भने पालिका भरीबाट १६ ओटा टिमले प्रतियोगितामा भाग लिएका थिए ।

यस अघिका प्रतियोगिताहरु गढी स्टार स्पोर्ट्स क्लब आयोजना गर्दै आएकोमा यस वर्षको प्रतियोगिता भने प्रतिभा युवा क्लबले आयोजना गर्न लागेको हो ।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् एवम् छट पर्वको पावन अवसरमा हरेक वर्ष पालिका स्तरीय फुटसल प्रतियोगिता हुँदै आएको छ ।

खेलकुद समाचार