यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान हाल मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ भने कर्णाली प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

.

यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

यसैगरी, आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समाचार समाज स्थानीय