सक्रिय बन्दै मनसुन, आज यी प्रदेशमा वर्षाको सम्भाना

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय बन्दै गएको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको हो ।

महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

 

यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ ।

वर्षाको सम्भावना रहेका ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

समाचार समाज स्थानीय