आइतबार शेयर बजारमा गिरावट

आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ ।

अघिल्लो साताको अन्तिम कारोबारको तुलनामा आज नेप्से २२ दशमलव ३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ । गत बिहीबार ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चियो हो ।

नेप्सेमा सूचीकृत ४६ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर भयो ।

समाचार समाज स्थानीय