चितवन दुर्घटना : मृतकको संख्या ५ पुग्याे, तीनजनाकाे सनाखत

चितवन — नारायणगढ मुग्लिन सडककाे सत्रकिलाेमा शुक्रबार बिहान भएकाे दुर्घटनाका घाइतेमध्ये थप एकजनाकाे निधन भएकाे छ। याेसहित मृतककाे संख्या पाँच पुगेकाे छ ।

 

मृतक पाँचमध्ये तीनजनाकाे सनाखत भएकाे छ । दुईजनाकाे नाम ठेगना खुलेकाे छैन । अन्दाजी ४० वर्षकी महिला र अर्काे एकजना पुरूषकाे सनाखत हुन नसकेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।

साे दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलाेमा बिहान तीन बजे तिर माइक्राे बस र बस एक आपसमा ठाेक्किएका थिए । मृत्यु् हुनेमा माइक्राेबसका चालक चितवन खैरहनी-४ का ३९/४० वर्षका अनाेज अधिकारी र माइक्राे बसका यात्रुहरू भारतका राजकुमार साह र गाेरखा आरूघाट गाउँपालिका-१ मान्बुका राजबहादुर गुरूङ रहेकाे डिएसपी रिजालले बताए ।

गम्भीर घाइते एकजनाकाे चितवन मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । मृतक पाँचजना र गम्भीर घाइते एकजना सबै माइक्राे बसमा सवार भएकाहरू हुन् ।

 

समाचार समाज