सुनको भाउ ताेलामा एक हजार एक सय रुपैयाँले बढ्यो

आज सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेर आज तोलाकाे एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिनदेखि लगातार घटेको सुनको भाउ हिजो तोलामा एक हजार रुपैयाँ र आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ५५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।

 

 

समाचार