मनहरीमा भिरबाट लडेर घाइते प्रजाको मृत्यु

मकवानपुरमा मनहरीमा भिरबाट लडेर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

आइतबार दिउसो मनहरीबाट आफ्नो घर छाङदुङ तर्फ जाने क्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ पेन्चे भिरबाट लडेर  कैलास गाउँपालिका -२ छाङदुङ  १७ वर्षीय पवन भन्ने पावल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साझ ६ बजेको समयमा पेन्चे भिर हुदै गइरहेका प्रजा भिरबाट लड्न पुगी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई आइतबारनै भरतपुर लगिएकोमा सोमबार दिउँसो उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

समाचार समाज