प्रतितोला १२ सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँकायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ समाचार समाज