चितवनमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवनमा गएराति गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको राप्ती नगरपालिका–२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई हेटौंडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका–१ स्थित पिप्लेमा ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । उनको गएराति नै सोही अस्पतालमा उपनचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज