चिसो बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम

काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । काठमाण्डौमा आज बिहान यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसअघि आज बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको थियो ।

सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव सात र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियम मापन भएको महाशाखाले जनाएको छ ।

यस्तै मुस्ताङ लगायतका अरु उच्च पहाडी तथा हिमाली जिल्लामा तापक्रम घटेर चिसो बढेकाले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

समाचार समाज