राक्सिराङमा युवकको शव फेला

मकवानपुरको राक्सिराङमा एक व्यक्तिको शव फेला परेको छ।

शुक्रबार बिहान  मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ इन्चराङमा  चैनपुरबाट काकडा जाने भित्री सडकमा अन्दाजी २०/२१ बर्षीय पुरुष मृत अवस्थामा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिएका छन्।

मृत अवस्थामा फेला परेको शव मकवानपुर राक्सिराङ  ८ शिखरपुर घर भई हाल बारा जितपुर सिमरा – २२ अमलेखगंज बस्ने अन्दाजी २०/२१ वर्षीय समिर सुनार रहेको र शवको शनाखत निजको भिनाजु नाता पर्ने मिलन घतानेले  गरेको अर्यालले जनाएका छन् । मकवानपुर प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको टोली घटनास्थल पुगेको  घटनास्थलमा प्रहरीले  टाउकोमा चोट देखिएको,नाक मुखबाट रगत बगेको अवस्थामा फेला पारेको उल्लेख गरिएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंका अनुसन्धानको लागि  ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार समाज