एनपीएलमा बुधबार इलिमिनेटर खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार इलिमिनेटर खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा प्रतिष्पर्धा हुन लागेको हो।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका छन्।

 

 

Screenshot_20241218_07162-1734485508.jpg
खेलकुद समाचार समाज