हेटौंडामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९, बस्तिपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक ४० वर्षीय सरोज अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बायाँ खुट्टामा चोट लागेर घाइते भएका उनलाई उपचारका लागि सिएमसी चुरेहिल अस्पताल पठाइएको छ । घाइते अर्याल मकवानपुरको मनहरी गाउँपालिका ३ नम्बर वडाको पालदमारका बासिन्दा हुन् ।

गएराति पुर्व–पश्चिम सडकखण्डमा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ना ६ ख ३४३१ नं. को कवाडी लोड गरेको ट्रकले लेवटतर्फबाट बस्तिपुरतर्फ जाँदै गरेको बागमति.प्रदेश. ०३–०० ४ प ४४८२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल घाइते भएका हुन् ।

ट्रक र ट्रक चालक तनहुको देबघाट–४, पिपलटारका ३१ वर्षीय श्याम लाल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज