मकवानपुरको मनहरीमा हात्तिको आक्रमणमा परेर माउते घाइते

मकवानपुरको मनहरीमा हात्तिको आक्रमणमा परेर  एक जना माउते घाइते भएका छन् ।बुधबार दिउँसो मकवानपुरको मनहरी –६ स्थित पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट माउते  सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी घाइते भएको जनाइएको छ ।

हात्तीलाई दाना  खुवाउने क्रममा  हात्तीले माउते चौधरीलाई आक्रमण गर्दा शरीर र कानमा चोट लागेको जनाइएको छ। घाइते माउतेको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र आक्रमण गर्ने हात्तीलाई सोही स्थानमा बाँधेर राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

समाचार समाज