बी डिभिजन लिग फागुन २५ गतेदेखि हुने

सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन २५ गतेदेखि हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ पधाधिकारी र ‘बी’ डिभिजन क्लबका पदाधिकारीबीचको बैठकमा सहमति भएको प्रवक्ता सुरेश साहले जानकारी दिए ।
सबै १४ ‘बी’ डिभिजन क्लब दर्ता भएको र अब तोकिएकै समयमा लिग शुरु हुने उनले जानकारी दिए ।

समाचार समाज