शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरस्केलको भूकम्प

बाजुरा । शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका थिए। मंगलबार पनि बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।

समाचार समाज