कारमा भेटियो पुरुषको शव

बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ जितपुरमा एक कारमा शव भेटिएको छ। बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ

मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन।

अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको बताइए पनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ।

घटनाबारे अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए

समाचार समाज