टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मुत्यु

 तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मुत्यु भएको छ ।

मृत्युु हुनेमा मेन्छ्यायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा कार्यरत नर्स २३ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई रहेका छन् । शनिबार टिकटक बनाउने क्रममा खोरङ्वा खोला किनारबाट चिप्लिएर लड्दा उनीहरुलाई खोलाले बगाएको थियो ।

स्थानीयको खबर पछि पुगेको प्रहरीको टोलीले उनीहरूको शव  साँझ भेटेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
समाचार समाज