एमालेले सचिवालय बैठक बोलायो

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । यही पुष १० गते बुधबार बस्ने गरी सचिवालयको बैठक बोलाएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने प्रचार विभाग प्रमुख गौतमले बताए ।

राजनीति समाचार