नेप्सेमा १३.५३ अंकको गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा अडिएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये ८४ स्टक्सको मूल्य बढ्दा १५४ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो ।

अर्थ समाचार