हेटौंडा-१३ मा स्कुटर दुर्घटना हुँदा सिकारी गम्भीर घाइते

हेटौँडा –१३, वनस्पतिमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।

मंगलबार दिउँसो वनस्पतिबाट पदमपोखरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५प ८५९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा चालक गम्भिर घाइते भएका छन्।

गम्भीर घाइते हुनेमा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१२ निवासी ४५ वर्षीय सहदेव सिकारी ररेको प्रहरीले जनाएको छ। टाउको र निधारमा चोट लागेका सिकारीको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको भनाई रहेको छ। स्कुटर भने प्रहरीको नियन्त्रणमा रहेको छ।

समाचार समाज