थाहानगरमा कुटपिटबाट एक जनाको मृत्यु

मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थाहा-१० मुलगाँउका ५३ बर्षीय हिराकाजी गोपाली रहेका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका गोपालीलाई उपचारका लागि पठाइएकोमा काठमाडौं दीर्घायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुस ८ गते बेलुकी हिराकाजीलाई स्थानीय ४७ बर्षीय जयराम गोपालीले मदिरा सेवन गरी आगो ताप्ने क्रममा सामान्य बिबाद भई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने जयरामलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

समाचार समाज