मुगु केन्द्रविन्दु बनाएर गयो भूकम्प

गमगढी । मुगु केन्द्रविन्दु बनाएर शुक्रबार बिहान ४. ४ रेक्टरस्केलको भुकम्प गएको छ। मुगुको लुमा आसपास केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा  भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासको जिल्लामा महशुस गरिएको थियो। यस अघि बिहीबार दिउँसो सिन्धुपाल्चोकको माझिमटार केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

समाचार समाज