पुर्व मन्त्री रामकुमारी झाक्री ५ माघमा राक्सिराङ्ग आउँदै

हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा निबर्तमान भौतिक तथा शहरी बिकास मन्त्री रामकुमारी झाक्री आउने भएकी छन् । उनी ५ माघमा राक्सिराङ्ग ५ साचक निवासी सहारा बिहिन, निशन्तान प्रजा दम्पतीलाई बस्नको लागि आवास सहित अक्षयकोष हस्तान्तरणका लागि आउने भएकी हन् ।

नेतृ झाक्री नेकपा समाजबादी पार्टीका प्रभावशाली नेतृ पनि हुन्। राक्सिराङ्ग गाउँपालिका वडा नम्वर ५ साचक निवासी निशन्तान, दयनीय अवस्था, साहाराबिहीन वृद्ध दम्पति जयराम प्रजा (१०० बर्ष) र लक्ष्मी प्रजा (९० बर्ष) को लागि खाना र बस्न निक्कै समस्या देखे पछि सामाजिक अभियानता रेखा लोप्चन तामाङले उनिहरुलाई खान र बस्नको लागि सहयोग गरिदिने प्रतिबद्धता ब्यक्त गरेकी थिइन् । झण्डै १ दशक देखि सामाजिक क्षेत्रमा निरन्तर लागि पर्दै आईरहेकी लोप्चनले देशका सिमान्तकृत समुदाय र असहायलाई घर बनाईदिने देखि खाद्यान्न र लत्ताकपडा समेत सहयोग गर्दै आईरहेकी छन्। हालसम्म उनले सामाजिक कार्य गरेको आधारमा ७ वटा राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेकी छन्।

मकवानपुरका सहारा बिहिन दम्पतीलाई तीन महिना अघि मात्रै राहत बितरणको क्रममा फिल्डमा पुग्दा गाउँमा नाजुक अवस्थामा भेटिएकी थिइन् । खानको लागस् खाद्यन्न केही नभएको र बस्ने घरको अवस्था पनि जिर्ण अवस्थामा देखेपछी सामाजिक अभियानता लोप्चनले उनिहरुलाई खाना र बस्नको लागि ब्यबस्थित घर बनाईदिने वचन दिएकी थिईन्। सोहि अनुरुप अभियानता लोप्चनले सामाजिक सन्जाल मार्फत सहारा बिहिन दम्पतिको लागि घर बनाईदिन सहयोगको अपिल गरेकी थिईन् ।

सोही अनुसार स्वदेश तथा बिदेशमा रहेका मनकारी ब्यक्तिहरुबाट सहयोग प्राप्त गरि घर निर्माण तथा तत्काल आवश्यक सामाग्री खरिद गरि सो परिवारलाई हस्तान्तरण गरिएको लोप्चनले जानकारी दिइन् ।

उनका अनुसार घर निर्माणको लागि अमेरिका जर्जिया,स्नेलभिल निवासी कर्ण बहादुर गुरुङ तथा प्रेमा गुरुङका छोराहरु सलिन गुरुङ र समिन गुरुङको आर्थिक सहयोग प्राप्त भएको हो । घर निर्माणको लागि ३ लाखको हाराहारीमा खर्च भएको र करिब नगद ३ लाख संकलन भैसकेकोछ । संकलित रकमलाई बैंक खाता खोली राखिदिने ब्यबस्था सहित अगाडि बढ्न लागिएको उनको भनाई छ । उनिहरुलाई न्यानो कपडा, खानेकुरा ग्याँस चुलो भाँडाकुडा सबैको ब्यबस्था गरिएको छ ।

तीन महिना सम्म कलेको अभियानबाट उनिहरुलाई बाचुनजेल खाना बस्न ब्यस्थापन र घर बनाउने अभियानको हस्तान्तरण गर्न पुर्व भौतिक तथा शहरी बिकास मन्त्री मननिय रामकुमारी झाक्री आउने निश्चित भइसकेको अभियानता लोप्चनले जानकारी दिइन् ।

राजनीति समाचार समाज